राष्ट्रियसभा बैठक : दुई वटा विषयगत समितिको प्रतिवेदन पेश

काठमाडौं, १५ फागुन : 

राष्ट्रियसभाको आजको बैठकमा दुई वटा विषयगत समितिको प्रतिवेदन पेश भएको छ ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति डा.वेदुराम भुषालले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०७८/०७९ पेश गर्नुभयो ।

यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति दिलकुमारी रावल थापा (पार्वती)ले समितिको आर्थिक वर्ष २०७५/७६, २०७६/०७७ र २०७७/०७७ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्याङ्कन प्रतिवेदन २०७९ सभामा पेश गर्नुभयो ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुभयो ।

यसैगरी, अध्यक्ष तिमिल्सिनाले प्रस्ताव गर्नुभएको राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यहरूको मनोनयनलाई बैठकले अनुमोदन गरेको छ ।

राष्ट्रियसभाको अर्को बैठक यही फागुन २९ गते सोमवार १ बजेर १ मिनेटमा बस्ने छ ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस