बेइजिङ, १६ फागुन :
राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोको भ्रमणलाई दुई देशबीचको चौतर्फी सहयोगलाई थप प्रगाढ बनाउने गर्ने अवसरका रूपमा लिएको चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले बताउनु भएको छ ।
बेलारुसका राष्ट्रपति लुकासेन्कोको फेब्रुअरी २८ देखि मार्च २ सम्म हुन लागेको चीन भ्रमणका विषयमा प्रवक्ता माओले नियमित पत्रकार सम्मेलनमा उक्त टिप्पणी गर्नु भएको हो ।
‘चीन र बेलारुस सदाबहार रणनीतिक साझेदार हुन् । दुई देशबीच ३१ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । दौत्य सम्बन्ध स्थापनासँगै दुई देशले राजनीतिक पारस्परिक विश्वास, पारस्परिक सहयोगलाई थप गहिरो बनाउदै अन्तरराष्ट्रिय र क्षेत्रीय मामिलाहरूमा सधैँ घनिष्ठ सम्बन्ध कायम गरेका छन् ” मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
सन् २०२२ सेप्टेम्बरमा दुई राष्ट्र प्रमुखहरू बीच समरकन्दमा साङ्घाई सहयोग सङ्गठन शिखर सम्मेलनमा भेटवार्ता भएको थियो सो अवसरमा उहाँहरूले चीन(बेलारुस सम्बन्धको विकासको लागि नयाँ खाका कोरेको प्रवक्ता माओले उल्लेख गर्नु भएको छ ।सिन्ह्वा





