जनमत पार्टी सरकारबाट बाहिरिँदैन : अध्यक्ष राउत

काठमाडौं, १६ फागुन :

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले आफ्नो पार्टी सरकारबाट नबाहिरिने बताउनुभएको छ ।

पार्टीको भ्रातृ सङ्गठन ‘विद्यार्थी जनमत सङ्घ’को आज कोटेश्वरमा भएको केन्द्रीय बैठक तथा प्रशिक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले जनमत पार्टीका लागि अहिले सरकार छोड्नुपर्ने परिस्थिति नरहेको बताउनुभयो । ‘अहिले सरकारबाट बाहिरिने कुनै त्यस्तो परिस्थिति बनेको छैन । अरू पार्टीको माग पूरा नभएर बाहिरिएका होलान्’, अध्यक्ष राउतले भन्नुभयो ।

अध्यक्ष राउतले सरकारमा सामेल भएका दलहरू फेरिने भए पनि वर्तमान नेकपा ९माओवादी केन्द्र० नेतृत्वको सरकार नफेरिने उल्लेख गर्नुभयो । उहाँले आगामी राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गर्ने स्पष्ट पार्नुभयो । रासस

 

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी