भोट माग्दै राष्ट्रपतिका उम्मेदवार पौडेल रास्वपा कार्यालयमा

काठमाडाैं, १९ फागुन : नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनबाट राष्ट्रपति पदको साझा उम्मेदवार बन्नुभएका पूर्वसभामुख रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेर भोट माग्नुभएको छ ।

राष्ट्रपतिका उम्मेदवार पौडेलसँगै कांग्रेसका नेताहरू डा प्रकाशशरण महत, रमेश लेखक, जिपछिरिङ लामा र दीपक खड्का रास्वपाको कार्यालय पुग्नुभएको थियो । रास्वपा कार्यालयमा सो पार्टीका सभापति रवि लामिछानेलगायत नेताहरूसँग भेट गरी राष्ट्रपतिका उम्मेदवार पौडेलले यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा आफूलाई मतदान गर्न आग्रह गर्नुभएको थियो ।

राष्ट्रपति निर्वाचनका लागि कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कांग्रेसका वरिष्ठ नेता पौडेल साझा उम्मेदवार हुनुहुन्छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस