आईसीसी क्रिकेट विश्वकप लिग-२ मा आज नेपाल र युएई भिड्दै

काठमाडौं, २२ फागुन : 

आईसीसी क्रिकेट विश्वकप लिग-२ मा सोमबार नेपालले युएईको सामना गर्ने भएको छ ।

युएईको दुबईमा जारी पपुवा न्युगिनीसहितको त्रिकोणात्मक एक दिवसीय श्रृंखलाको अन्तिम खेलमा सोमबार नेपालले घरेलु टोली युएईको सामना गर्न लागेको हो । दुबई स्पोर्ट्स सिटीमा नेपाली समय अनुसार सोमबार बिहान पौने १२ बजे यो खेल सुरु हुने भएको छ ।

श्रृंखलामा युएईसँगको पहिलो खेलमा नेपाल पराजित भएको थियो । सोमबारको खेलमा उक्त पराजयको बदला लिंदै नेपाल अंक तालिकामा युएईलाई उछिन्न चाहन्छ । लिग(२ मा ३१ खेलबाट युएईको ३१ अंक छ भने नेपालको ३० अंक रहेको छ । पुछारको टोली पिएनजीको ९ अंक मात्रै रहेको छ ।

यी ३ वटा टोलीले काठमाडौंमा हुने अर्को एउटा श्रृंखलामा ४–४ वटा खेल खेल्न बाँकी रहेको छ । आईसीसी क्रिकेट विश्वकप लिग(२ को तालिकामा सबै ३६ खेल सकाएको स्कटल्याण्ड ५० अंकसहित शीर्ष स्थानमा रहेको छ ।

दोस्रो स्थानको ओमानको ४४ अंक छ भने ३९ अंकसहित नामिबिया तेस्रो तथा ३५ अंकसहित अमेरिका चौथो स्थानमा रहेका छन् ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस