काठमाडौं, २५ फागुन :
जनता समाजवादी पार्टी जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
उपराष्ट्रपतिको उम्मेदवार चयनलगायतका समसामयिक विषयमा छलफल गर्न बैठक दिउँसो ३ बजे बस्ने जसपा प्रचार विभागले जनाएको छ।
सत्ता गठबन्धनको भागवण्डामा उपराष्ट्रपति जसपाले पाएको छ। उपराष्ट्रपति को निर्वाचन चैत ३ गते हुँदैछ।





