शुक्रबार कोरोना संक्रमितको संख्या शून्य

काठमाडौं, २६ फागुन : 

शुक्रबार देशभर कोरोना संक्रमण संख्या शून्य रहेको छ । पछिल्लो २४ घण्टामा ५१८जनाको नमूना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा १११ जनाको पीसीआर र ४०७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा कोरोना संक्रमितको संख्या शून्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार देशभर ५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस