सरकारमा जाने तयारी छैनः सभापति लामिछाने

kqsf/ ;Dd]ngdf ;efklt nfld5fg] e/tk'/,@( kmfu'g M /fli6«o :jtGq kf6L{sf ;efklt /lj nfld5fg] ;f]daf/ ljxfg e/tk'/ ljdfg:yndf cfof]hgf ul/Psf] kqsf/ ;Dd]ngdf . tl:j/M s[i0f cfrfo{÷/f;;

चितवन, २९ फागुन :

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताउनुभएको छ ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्नेकाम भइरहेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “सरकारमा जाने तयारी भन्ने होइन । परिस्थितिलाई मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।” उहाँले सत्ता समीकरण परिवर्तन भए पछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताउनुभयो । उहाँले थप्नुभयो, “अहिले सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भएको छैन । ”

रास्वपा छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला राजनीतिक घटनाक्रम नियाल्दै गरेको उहाँले बताउनुभयो । आफ्नो दलको राजनीतिक अभ्यास सुरुआती चरणमा रहेको सभापति लामिछानेले उल्लेख गर्नुभयो । सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा अब के गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल हुने उहाँको भनाइ थियो ।

आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी सुरु गरेको उहाँले जानकारी दिनुभयो । (रासस)

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस