नेपाली महिला यू-२० फुटबल टोली स्वदेश फर्किए

काठमाडौं, ३० फागुन :

नेपाली महिला यू–२० फुटबल टोली स्वदेश फर्किएको छ ।

प्यालेस्टाइनमा भएको एएफसी यू–२० महिला एसियन कप छनोट खेलेर नेपाली टोली मंगलबार बिहान स्वदेश फर्किएको हो ।

नेपाली टोली प्यालेस्टाइनबाट जोर्डन हुँदै मंगलबार बिहान २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ ९एन्फा० का प्रवक्ता सुरेश शाह, महिला कमिटिका संयोजक तथा एन्फा सदस्य सरिला श्रेष्ठले स्वागत गरेका थिए ।

प्यालेस्टाइनमा भएको छनोटमा नेपाल दुई खेल जित्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ । नेपालले पहिलो खेलमा आयोजक प्यालेस्टाइनलाई ६–० ले तथा दोस्रो खेलमा नर्दन मारियाना आइल्याण्डलाई ६–० ले नै पराजित गरेको थियो ।

अब दोस्रो चरणको छनोट जुन ३ देखि ११ सम्म हुनेछ । पहिलो चरणबाट ८ समूहको विजेता टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणमा ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ ।

 

संबन्धित शिर्षकहरु

युक्रेनको किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी

महिला च्याम्पिनसिपमा नेपालले आज भुटानसँग खेल्दै

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना