जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

????????????????????????????????????

काठमाडौं, २ चैत : 

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्दै छ ।

बैठक ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ ।

बैठकमा उपराष्ट्रपति निर्वाचन र रिक्त एक समानुपातिक सांसद सिट पूर्ति गर्ने विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

प्रतिनिधि सभामा समानुपातिक सांसद शहनाज रहमानको १३ फागुनमा निधन भएपछि जसपाको एक सिट रिक्त छ ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस