यस वर्षको एसइई परीक्षामा सुर्खेतबाट नौ हजारभन्दा बढी परीक्षार्थी सहभागी हुँदै

सुर्खेत, २ चैत :  

यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइई परीक्षाका लागि सुर्खेत जिल्लाभरबाट ९ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन् ।

यसपटक ग्रेट वृद्धि र प्राविधिक तर्फका विद्यार्थीलाई समेत सँगै राखेर ३२ वटा केन्द्रबाट परीक्षा सञ्चालन गरिने शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतले जनाइएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतका अनुसार नियमिततर्फ ८ हजार ६ सय ३०, ग्रेड वृद्धिमा ३ सय ८९ र प्राविधिक धारका १ सय १० गरी नौ हजार एक सय १९ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

सुर्खेतमा मावि स्तरका विद्यालय १ सय ६३ वटा मध्ये ५१ संस्थागत र १ सय १२ सामुदायिक विद्यालय रहेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा चैत १७ गतेदेखि २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन गर्ने परीक्षा तालिका सार्वजनिक गरिसकेको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा