अदालतले पक्राउ गर्न आदेश जारी गरेको भोलि पल्टै पुटिन क्राइमियामा

काठमाडौं, ५ चैत :

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ गर्न आदेश जारी गरेको भोलि पल्टै क्राइमिया पुग्नु भएको छ ।

क्राइमिया रुसमा गाभिएको नवौं वर्षगाँठ मनाउने क्रममा पुटिन क्राइमिया पुग्नु भएको हो । नेदरल्याण्डको द हेडस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले गत शुक्रबार युक्रेनमा युद्ध अपराध गरेको आरोपमा पुटिन विरुद्ध पक्राउ आदेश जारी गरेको थियो ।

क्राइमिया पुग्दा राष्ट्रपति पुटिनको त्यहाँ भब्य स्वागत समेत गरिएको थियो । क्राइमियामा आयोजित कार्यक्रममा पुटिनले के बोल्नुभयो भन्ने विषयमा भने रुसी सञ्चार माध्यमले केही बताएका छैनन् । तर उहाँले त्यहाँ रहँदा बालबालिका सम्बन्धि कार्यक्रममा पनि सहभागी हुनुभएको र जेलको भ्रमण पनि गर्नुभएको जनाइएको छ ।

आईसीसीको पक्राउ आदेशलाई रुसले अर्थहीन भन्दै बेवास्ता गरेको छ । रुस आईसीसीको सदस्य राष्ट्र समेत नरहेकाले पुटिन विरुद्धको पक्राउ आदेशलाई प्रचारबाजी मात्रै ठानिएको छ । एजेनसी

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा