राष्ट्रपति पौडेल आइतबार गोरखा आउनुहुने

गोरखा, ११ चैत : 

प्रसिद्ध धार्मिक स्थल गोरखकाली र गोरखनाथ दर्शन गर्न राष्ट्रपति रामचन्द्र पौडेल गोरखा आउनुहुने भएको छ ।

आइतबार बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति पौडेल गोरखा आउन लाग्नुभएको हो । मन्दिरमा पूजा अर्चना र दर्शनका लागि उहाँ आउन लाग्नुभएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।

करिब दुई घण्टा गोरखामा रहेर फर्कने कार्यक्रम तय भएको छ । राष्ट्रपति आउने भएपछि सुरक्षा व्यवस्थाका लागि सेनाको एक टोली शुक्रवार नै गोरखा आइसकेको छ ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस