पहाडी एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं, १४ चैत :

सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा कोशीका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी क्षेत्रमा एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । अरु ठाउँमा भने आजको मौसम सामान्यतया सफा नै रहने अनुमान छ ।

काठमाण्डौ उपत्यकामा पनि मौसम सफा छ । आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने तथा अरु ठाउँमा सफा रहने छ । अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

प्रि– मनसुनका बेला मेघगर्जन र चट्याङ तथा हावाहुरीबाट क्षति हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा