आईपीएल क्रिकेट : गुजरातको लगातार दोस्रो जित, दिल्ली ६ विकेटले पराजित

काठमाडौं, २२ चैत :

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता गुजरात टाइटन्सले लगातार दोस्रो जित निकालेको छ । गए राति दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा भएको खेलमा गुजरातले दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराएको हो ।

दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ४ विकेट गुमाएर भेटायो । गुजरातका साई शुदर्शनले ६२, डेभिड मिलरले ३१ र विजय शंकरले २९ रन बनाए । दिल्लीका एनरिक नोर्कियाले २ तथा खलिल अहमद र मिचेल मार्शले समान १र१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । दिल्लीका कप्तान डेभिड वार्नरले ३७ र अक्षर पटेलले ३६ रन बनाए । गुजरातका मोहम्मद शमी र राशिद खानले ३र३ तथा अल्जारी जोशेफले २ विकेट लिए ।

लगातार दोस्रो जितसहित गुजरात ४ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । लगातार दोस्रो खेल हारेको दिल्ली अङ्कविहीन हुँदै आठौँ स्थानमा छ ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस