काठमाडौं, २२ चैत :
नेकपा माओवादी केन्द्रले कोशी प्रदेश नामकरणको सम्बन्धमा पहिचानकै पक्षमा उभिने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामकरणको सन्दर्भमा पार्टीबाट कमजोरी भएको स्वीकार गरेको छ ।
बैठकको निर्णयबारे जानकारी दिनुहुँदै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नामकरणको बेलामा पहिचानको पक्षमा अडान राख्न नसक्नु पार्टीको कमजोरी भएको बैठकको निष्कर्ष रहेको बताउनुभयो ।
त्यसै आन्दोलनको क्रममा निधन भएकालाई शहीद घोषणा गर्न र राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको उहाँले बताउनुभयो ।
बैठकले मिटरब्याजी पीडितको बारेमा सरकारले छानबिन गरेर समस्याको हल खोज्नुपर्ने निर्णय गरेको छ ।



