फ्रान्समा हिमपहिरो : चारको मृत्यु, दर्जनौं घाइते

काठमाडौं, २७ चैत :

फ्रान्समा आएको हिमपहिरोमा परी चार जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

मृत्यु हुनेमा दुई जना माउन्डेन गाइड पनि रहेका छन् ।

फ्रान्सको दक्षिण पूर्वी क्षेत्रको मोंट ब्लकमा रहेको हिमश्रृंखला आरोहणका क्रममा हिमपहिरो जाँदा उनीहरुको मृत्यु भएको हो । हिमपहिरोमा हराएका दुई जनाको खोजी कार्य जारी छ । घाइेतहरुको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

यस्तै, फ्रान्सकै दक्षिण पश्चिम शहर मार्सेलमा दुई वटा भवन भत्किँदा कम्तिमा आठ जना बेपत्ता भएका छन् । सो भवनका भग्नावशेषहरु पन्छाएर बेपत्ता भएकाहरुको खोजी जारी रहेको अधिकारीहरुले जनाएका छन् ।

 

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा