ए डिभिजन लिगमा पुलिस क्लबको पहिलो जित

काठमाडौं, २७ चैत : 

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा सोमवार भएको खेलमा पुलिसले फ्रेन्ड्स क्लबलाई ३–१ गोलले हरायो । पुलिसका लागि बुद्धबल तामाङले दुई र मोसेसले एक गोल गरे । फ्रेन्ड्सका जेब्रिनले एक गोल फर्काए ।

सात खेलमा पहिलो जित निकालेको पुलिस चार अङ्कसहित तालिकाको पुछारमै छ । चार अङ्क नै रहेको फ्रेन्ड्स पुछारबाट दोस्रो स्थानमा छ ।

आजै दशरथ रङ्गशालामा भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र चर्च ब्वाइजले गोलरहित बराबरी खेलेका छन् । चर्च ब्वाइज १३ अङ्कसहित तालिकाको चौथो र एपीएफ ११ अङ्कसहित पाँचौँ स्थानमा छ ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस