देशभर थप १०६ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं, २८ चैत : 

देशभर थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ४ सय ३६ जनाको नमूना परीक्षण गरिएको थियो ।

४ सय ७६ जनाको पीसीआर र १ हजार ९ सय ६० जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार ४८ जना संक्रमणमुक्त भएका छन् । हाल ४६९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाको संक्रमणबाट १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस