स्थगित प्रिमियर लिगका खेलहरु जुनको दोस्रो साताबाट सुचारु हुने

काठमाडौँ, १६ जेठ :
कोरोना महामारीका कारण रोकिएको इंग्लिस प्रिमियर लिग फुटबल जुनको दोस्रो साताबाट पूनः सुचारु हुने भएको छ । जुन १७ मा म्यानचेस्टर सिटीले घरेलु मैदानमा आर्सनलको सामना गर्नेछ ।

यस्तै एस्टन भिल्लाले सेफिल्डसँग खेल्नेछ । सबै खेलहरु बन्द रंगशालामा हुनेछन् । कोरोना महामारीका कारण गत मार्चबाट लिग स्थगित भएको थियो । प्रिमियर लिगका २० क्लबले अब यो सिजनमा ९२ खेल खेल्न बाँकी छ ।

उपाधि नजिक रहेको लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि छ । लिभरपुललाई उपाधि जित्न दुई जितको आवश्यकता रहेको छ । क्लबहरुले प्रशिक्षण सुचारु गरिसकेको छन् ।

संबन्धित शिर्षकहरु

कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै

एन्फा अध्यक्ष नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक