गोरखा–जितगढी एकीकरण पदयात्रा तनहुँ आइपुग्यो

दमौली, २९ चैत :

ऐतिहासिक महत्त्व बोकेका स्थानको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरु भएको नेपाली सेनाको ऐतिहासिक गोरखा–जितगढी पदयात्रा तनहुँ आइपुगेको छ । पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचारप्रसार गर्दै कोट, गढी, किल्लाहरूको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यसहित सुरु भएको गोरखा–जितगढी एकीकरण पदयात्रा टोली आज तनहुँ आइपुगेको हो ।

गोरखा दरबारबाट सुरु भएको पदमार्ग पालुङटार सतिघाट हँुदै तनहुँ आइपुगेको हो । रिपुपर्दन गणले सतिघाटबाट भानु नगरपालिकास्थित रुरु भैरव दल गणलाई पदयात्राको झण्डा हस्तान्तरण गरेको छ । पदयात्रा टोली आज तनहुँको भानुमा बस्नेछ । पदयात्रा टोलीलाई स्थानीयवासीले बाजागाजा बजाएर भव्य स्वागत गरेका छन् । उक्त कार्यक्रममा तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, विभिन्न वडाका अध्यक्ष सहभागी हुनुभएको थियो ।

भोलि शुक्रबार उक्त पदयात्रा टोली व्यास नगरपालिका–११ तनहुँसुर दरबार आइपुग्ने कार्यतालिका रहेको व्यास–५ चापाघाटस्थित कालीभञ्जन गण ९इ० का गणपति प्रमुख सेनानी रामज्योति बोहोराले जानकारी दिनुभयो । तनहुँसुर आएर उक्त पदयात्राको झण्डा कालीभञ्जन गण ९इ० लाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । पदयात्रा टोलीलाई स्थानीय तहको समन्वयमा स्वागत गर्ने कार्यक्रम रहेको छ । “पदयात्रा कार्यक्रमले राज्य एकीकरण गर्दा प्रयोग गरिएका पदमार्गका बारेमा सबैलाई जान्ने अवसर पनि मिल्नेछ”, प्रमुख सेनानी बोहोराले भन्नुभयो ।

तनहुँसुरबाट पदयात्रा टोली तनहुँकै धेनुङ देउराली पुग्नेछ । धेनुङ देउरालीमा श्री नम्बर ३ राजदल गणलाई झण्डा हस्तान्तरण गरिनेछ । धेनुङ देउरालीबाट केलादीघाटसम्म पुगेको टोलीबाट श्री दि फेमस महेन्द्रदल गणलाई झण्डा हस्तान्तरण गरिनेछ । पदयात्रा टोली चैत २९ देखि वैशाख २ गतेसम्म तनहुँ खण्डमा रहनेछ ।

केलादीघाटदेखि नुवाकोटगढीसम्म पुगेको टोलीलाई गरुणदल गणलाई झण्डा हस्तान्तरण गर्ने र वैशाख ७ गते पदयात्रा टोली नुवाकोटगढीदेखि जीतगढीसम्म पुग्ने कार्यक्रम रहेको छ । पदयात्रामा से।मु।नफ्रिको फौज, बाजागाजा, राष्ट्रिय झण्डा तथा एकीकरणका दौरान स्थापना भएका पाँच प्रथम कम्पनी ९श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज० र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डा समावेश गरिएको नेपाली सेनाले जनाएको छ । गोरखादेखि जितगढीसम्मको दूरी दुई सय सात किलोमिटर रहेको छ । नेपाली सेनाले हरेक वर्ष गोरखा–जितगढी पदयात्रा गर्दै आएको छ ।(रासस)

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस