आईपीएल क्रिकेट : गुजरातद्धारा पञ्जाब ६ विकेटले पराजित

काठमाडौं, १ बैशाख :

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले पञ्जाब किङ्ग्सलाई ६ विकेटले हराएको छ । गएराति भएको खेलमा जितका लागि १ सय ५४ रनको लक्ष्य पछ्याएको गुजरातले १९ ओभर ५ बलमा ४ विकेट गुमाउँदै भेट्टायो ।

गुजरातका शुभमन गिलले सर्वाधिक ६७ रन बनाए । ऋद्धिमान शाह ३० रनमा आउट भए । पञ्जाबका साम करन, अर्शदीपसिंह, हरप्रित ब्रार र कागिसो रबाडाले समान एकरएक विकेट लिए । त्यसअघि मोहालीमा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो ।

पञ्जाबका म्याथ्यु शर्टले सर्वाधिक ३६ रन बनाए । जितेश शर्माले २५ रन जोडे । अन्य कुनै पनि खेलाडीले २५ रन कटाउन सकेनन् । गुजरातका मोहित शर्माले २ विकेट लिए । मोहम्मद शामी, जोशुवा लिटिल, अल्जारी जोशेफ र राशिद खानले समान एकरएक विकेट लिए ।

गुजरात ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अङ्ककासाथ तेस्रो स्थानमा छ । समान ४ खेलमा ६ अङ्क भए पनि राजस्थान शीर्ष र लखनउ दोस्रो स्थानमा छ । पञ्जाब ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अङ्कका साथ छैटौँ स्थानमा छ ।

 

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा