पछिल्लो २४ घण्टामा १ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं, १ बैशाख : 

पछिल्लो २४ घण्टामा एक सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार चार सय २४ जनाको नमुना परीक्षण गर्दा एक सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ६८ जना सङ्क्रमणमुक्त भएका छन् । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय एक रहेको पनि मन्त्रालयले जनाएको छ । २४ घण्टामा ६४ हजार आठ सय ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यस्तै काठमाण्डौ उपत्यकामा रहेका सङ्क्रमितमध्ये ३२ जना आइसोलेसन, ११ जना सघन उपचार कक्ष ९आईसीयू० मा र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।

केही दिनयता नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । सङ्क्रमण बढेसँगै स्वास्थ्य मापदण्डको पालना गर्न र कोरोनाविरुद्धको खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस