वैशाख ६ गतेदेखि बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने

काठमाडौं, ४ बैशाख : सरकारले यही वैशाख ६ र ७ गते बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे । आफ्‍ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।

सरकारले प्रत्येक वर्ष बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै आएको छ । कोरोना संक्रमण बढ्दै गएको छ । जसका कारण भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्क प्रयोग गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस