आज देशैभरी मेघगर्जन र चट्याङसहित वर्षा हुने

काठमाडौं, ११ बैशाख : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

सोमबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

सोमबार दिउँसो भने देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ। त्यस्तै, देशका केही स्थानहरुमा मेघगर्जन-चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ। त्यस्तै, तराईका केही स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।

सोमबार राति भने लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन-चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना भएकाे महाशाखाले जनाएकाे छ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा