देशभर थप ८२ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं, १३ बैशाख : देशभर थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६३४ जनाको नमूना परीक्षण गरिएको थियो ।

४ सय ९४ जनाको पीसीआर र १ हजार १ सय ४० जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार ६५ जना संक्रमणमुक्त भएका छन् । हाल ३ सय ६१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाको संक्रमणबाट १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस