‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुने

काठमाडाैं, १४ बैशाख :  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत बिहीबार दुई खेल हुने भएका छन् ।

लिगको १३औं चरण अन्तर्गत बिहीबार एक खेल एन्फा कम्प्लेस र एक खेल दशरथ रंगशालामा हुने भएका हुन् । एन्फा कम्प्लेसमा हुने खेलमा फ्रेण्ड्स क्लब र एपीएफ क्लबबीच प्रतिष्पर्धा हुने भएकाे छ । फ्रेण्ड्स र एपीएफबीचको खेल बिहीबार दिउँसो ३ बजे सुरु हुने भएकाे छ ।

त्यस्तै, दशरथ रंगशालामा हुने खेलमा एफसी खुमलटार र नेपाल पुलिस क्लवबीच प्रतिष्पर्धा हुने भएकाे छ। खुमलटार र पुलिसबीचको खेल बिहीबार साँझ ६ बजेदेखि सुरु हुनेछ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस