म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौँ, २१ बैशाख :

इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा वेस्ट ह्याम युनाइटेडलाई ३–० गोलले हराएको सिटी आर्सनललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।

सिटीको जितमा एर्लिङ हालाण्ड, नाथन एके र फिल फोडेनले गोल गरे । हालाण्डले प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक ३५ गोल गर्दै कीर्तिमान बनाएका छन् । उनले ३३औं खेलमा यो कीर्तिमान बनाएका हुन् । जितसँगै सिटीले ३३ खेलमा २५ जितसहित ७९ अङ्क जोडेको छ ।

आर्सनलको ३४ खेलमा २४ जितसहित ७८ अङ्क छ । अर्को खेलमा लिभरपुलले फुलह्यामलाई १–० गोलले हराएको छ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस