पेरु : सुनखानीमा भएको आगलागीमा परेर कम्तीमा २७ जनाको ज्यान गयो

काठमाडौं, २५ बैशाख : 

पेरुको एक सुनखानीमा भएको आगलागीमा परेर कम्तीमा २७ जनाको ज्यान गएको छ । प्रहरीले एक सय ७५ जनाको सकुशल उद्धार गरेको छ ।

खानी कम्पनी यानाक्विहुआले एक विज्ञप्ति निकालेर जमिनबाट एक सय मिटरभित्र भएको आगलागीमा २७ जनाको ज्यान गएको बताएको समाचार संस्था एपीले जनाएको छ । सरकारी अधिकारीले विद्युत शर्ट भएर आगो लागेको अनुमान गरेका छन् । खानी सहरभन्दा धेरै पर रहेकाले आपत्कालीन उद्धारमा कठिन भएको खबरमा उल्लेख छ ।

संसारको सबैभन्दा ठूलो सुन उत्पादकमध्ये एक पेरुले हरेक वर्ष एक सय टनभन्दा बढी सुन उत्पादन गर्दछ । यो विश्वको वार्षिक उत्पादनको चार प्रतिशत हो ।

यसअघि सन् २०२२ मा खानी दुर्घटनामा देशभर ३८ जनाको ज्यान गएको थियो । यस्तै सन् २००२ पेरुका लागि सबैभन्दा घातक वर्ष थियो जहाँ विभिन्न खानी दुर्घटनामा ७३ जनाको ज्यान गएको थियो ।

 

संबन्धित शिर्षकहरु

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

आज पनि सुनचाँदीको भाउ घट्यो