आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली

काठमाडौं, २७ बैशाख :

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाद्वारा आज प्रकाशित मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ । लुम्बिनी प्रदेशका तराईका भू–भागका केही स्थानमा सामान्य हावाहुरीको सम्भावना रहेको अनुमान गरिएको छ ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । आज राति भने गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । (रासस)

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस