अध्यक्ष तिमिल्सिनासँग राजदुत सुकको बिदाइ भेट

sf7df8fF}, @& j}zfvM /fli6«o;efsf cWoIf ltldlN;gf;Fu /fhb"tsf] labfO e]6 /fli6«o;efsf cWoIf u0f]zk|;fb ltldlN;gf;Fu pxfFs} sfo{sIf l;+xb/af/df a'waf/ labfO{ e]6 ug'{x'Fb} g]kfnsf nflu blIf0f sf]l/ofsf /fhb"t kfs{ rf]ª ;'s . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं, २७ बैशाख : 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क चोंग सुकले बिदाइ भेट गर्नुभएको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध तथा आपसी हितका विषयमा विचार–विमर्श भयो ।

सो अवसरमा दक्षिण कोरियाले नेपालमा आफ्ना विद्युतीय उपकरण उत्पादन गर्ने उद्योग सञ्चालन गरिएकामा धन्यवाद ज्ञापन गर्दै सवारी साधन उत्पादन गर्न र अन्य उद्योग स्थापना गरेर नेपालमा रोजगारीको अवसर सृजना गर्न आग्रह अध्यक्ष तिमिल्सिनाले गर्नुभयो । धेरै नेपाली युवायुवतीलाई इपिएसमार्फत रोजगारीको अवसर दिएकामा धन्यवाद ज्ञापन गर्दै उहाँले नेपाल एयरलायन्सको कोरिया उडानका लागि पहल गरिदिन पनि जोड दिनुभयो ।

अध्यक्ष तिमिल्सिनाले उहाँलाई गणतन्त्र कोरियाको राजदूतका रुपमा नेपाल–कोरिया सम्बन्धलाई थप मजबुत, प्रगाढ र व्यापक बनाउन भूमिका निर्वाह गरेकामा धन्यवाद पनि दिनुभयो ।

त्यस अवसरमा राजदूत सुकले नेपालमा लगानी मैत्री वातावरण बन्न सकेको अवस्थामा कोरियाका धेरै उद्योग नेपालमा आउन सक्ने बताउनुभयो । उहाँले दुवै देशबीच भविष्यमा उच्चस्तरीय भ्रमण हुने विश्वास व्यक्त गर्दै दुवै देशबीचमा सम्बन्ध प्रगाढ बनाउन अध्यक्ष तिमिल्सिनाले गर्नुभएको पहलका लागि आभार व्यक्त गर्नुभयो । उहाँ नेपालमा आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लाग्नुभएको छ ।  (रासस)

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस