दिउँसो पछि आज पनि धेरै ठाउँमा हावाहुरीको सम्भावना

काठमाडौं, १ जेठ :

देशका धेरै ठाउँमा अहिले घाम लागेको छ । अहिले बिहान घाम लागे पनि दिउँसो पछि भने मौसम बदली भइ हावाहुरीसहित धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् रोजर लामिछानेले जानकारी दिनुभयो ।

हिजो पनि दिउँसो पछि मौसम बदली भइ धेरैजसो ठाउँमा हावाहुरी लागेको थियो । काठमाण्डौ उपत्यकासहित एकरदुई ठाउँमा पानी पनि परेको थियो । तर, रातिदेखि मौसम सुधार हुँदै अहिले बिहान घाम लागेको हो।

दिउँसो पछि फेरि पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण बदली भइ हावाहुरीसहित पानी पर्ने मौसमविद् लामिछानेले बताउनुभयो । विशेषगरी आज र भोलि पहाडी क्षेत्रका केही ठाउँमा दिउँसो पछि पानी पर्ने सम्भावना छ । तराईका जिल्लामा भने खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

हावाहुरी भने धेरैजसो ठाउँमा लाग्ने अनुमान छ । मौसमविद् रोजर लामिछानेका अनुसार नेपालमा मोखा नामक चक्रवातको असर परेको छैन ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस