पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं, १ जेठ :  

पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार ९१ जनाको नमुना परीक्षण गर्दा २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा २२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय १२ जनामा झरेको छ । सक्रिय सङ्क्रमितमध्ये नौ जना आइसोलेशनमा, एक जना आईसीयूमा र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

यस्तै २४ घण्टामा ४८ हजार एक सय २० जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस