रायमाझी र खाँणसँग आज पनि बयान लिइँदै

काठमाडौं, २  जेठ : 

नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँग मंगलबार पनि बयान लिइने भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार लिएको बयान नसकिएपछि दुवै जनासँग मंगलबार पनि बयान लिइने छ । खाँणसंग सोमबार लिएको बयान नसकिएपछि आज पुनः बयान लिएर आजै साँझसम्ममा फाइल तयार गर्न प्रहरीलाई भनिएको छ । यस्तै रायमाझीसंग पनि सोमबार प्रारम्भिक बयान लिइएको छ । रायमाझीले सोमबारनै बयान सक्न चाहेकोमा खाँणको बयान बाँकी रहेकाले आज एकै पटक बयान सकेर फाइल गरिने बुझिएको छ ।

रायमाझी गत आइतबार राती पक्राउ परेका हुन । भुटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीद्वयसहित १३ जना अहिले प्रहरी हिरासतमा रहेका छन् । रायमाझीलाई गत बैशाख २० मा पक्राउ पुर्जि जारी गरिएकोमा उनी फरार भएका थिए । उनका छोरा सन्दिपलाई पनि यो प्रकरणमा बैशाख २० नै पक्राउ पुर्जि जारी गरिएकोमा उनी भने त्यतिबेलै पक्राउ परेका थिए ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस