दैलेखमा चट्याङबाट एकै परिवारका चार जना घाइते

दैलेख, २  जेठ : 

दैलेखमा गएराति परेको चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् ।

डुङ्गेश्वर गाउँपालिका २ को लाँकुरी भन्ने गाउँमा गएराति चट्याङ पर्दा घरमा सुतिरहेकाहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

घाइते हुनेहरुमा २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक रहेको पनि प्रहरीले जनाएको छ । घाइतेहरु मध्ये पारस र हेमालाई बढी चोट लागेको । घाइते चारै जनालाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।

 

संबन्धित शिर्षकहरु

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरुलाई ट्रम्पको निर्देशन

भारतमा अत्यधिक गर्मीका कारण १६ जनाको ज्यान गयो, तापक्रम ४६ डिग्रीभन्दा माथि