ए डिभिजन लिग : पुलिसद्धारा एपीएफ पराजित, थ्री स्टार र आर्मी बराबरीमा

काठमाडौं, २  जेठ : 

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराएको छ ।

आज मङ्गलवार ललितपुरको च्यासल मैदानमा भएको खेलमा पुलिसले एपीएफलाई १–० गोलले हरायो । पुलिसका लागि मोसेस ग्याबाहले गोल गरे ।

यो जितसँगै पुलिस १८ खेलमा २२ अङ्कसहित तालिकाको दशौँ स्थानमा उक्लिएको छ । एपीएफ उति नै खेलमा २२ अङ्क भए पनि हेड टु हेडका आधारमा एघारौँ स्थानमा छ ।

यस्तै आजै दशरथ रङ्गशालामा भएको खेलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबले १–१ गोलको बराबरी खेलेका छन् । थ्री स्टारका लागि लाकेन लिम्बु र आर्मीका लागि दिनेश हेन्जनले गोल गरे ।

यो बराबरीपछि थ्री स्टार १८ खेलमा २६ अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । आर्मी उति नै खेलमा २५ अङ्कसहित छैटौँ स्थानमा छ ।

 

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा