साफ च्याम्पियनशिप ड्र सार्वजनिक

काठमाडौं, ३ जेठ : 

दक्षिण एसियाली फुटबल महासङ्घले आयोजना गर्ने साफ च्याम्पियनशिपको समूह चरणको ड्र सार्वजनिक भएको छ ।

बुधवार सार्वजनिक भएको ड्र अनुसार नेपाल र भारत एउटै समूहमा परेका छन् । समूह ए मा नेपाल र भारतसँगै कुवेत र पाकिस्तान रहेका छन् । समूह बी मा लेबनान, माल्दिभ्स, भुटान र बङ्गलादेश छन् ।

साफ च्याम्पियनशिप आउँदो असार ६ देखि १८ गतेसम्म भारतमा हुनेछ । नेपाल प्रतियोगिताको साविक उपविजेता हो भने भारत साविक विजेता हो ।

फुटबलको सर्वोच्च निकाय फिफाको प्रतिबन्धका कारण यो संस्करणमा श्रीलङ्का रहेको छैन । यो संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीको रूपमा खेल्ने छन् ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस