रियल मड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं, ४ जेठ :

साविक विजेता रियल मड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ ।

इत्तिहाद स्टेडियम म्यानचेस्टरमा गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा ४–० को तथा समग्रमा ५–१ को जितसहित सिटी फाइनलमा पुगेको हो ।

सिटी र रियल मड्रिडले पहिलो लेगमा १–१ गोलको बराबरी खेलेका थिए । सिटीको जितमा बर्नाडो सिल्भाले दुई तथा म्यानुयल एकान्जी र जुलियन अल्भारेजले समान एकरएक गोल गरे । सिटी सन् २०२०र२१ को सिजनमा फाइनलमा पुगे पनि चेल्सीसँग पराजित भएको थियो ।

रियलले अहिलेसम्म १४ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ तर सिटीले उपाधि जित्न सकेको छैन । अब सिटीले उपाधिका लागि इन्टर मिलानसँग खेल्नेछ । फाइनल खेल जुन १० तारिखमा हुनेछ ।

 

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा