स्वास्थ्य मन्त्री बस्नेत स्वदेश फिर्ता

काठमाडौं, १२ जेठ :

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत स्वदेश फिर्ता हुनुभएको छ ।

स्विजरल्यान्डको जेनेभामा भइरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७६औँ महासभामा सहभागी भएर उहाँ आज बिहान स्वदेश फिर्ता हुनुभएको हो ।

सभामा रहँदा नेपालको स्वास्थ्य क्षेत्रसम्बन्धी काम गरिरहेका विभिन्न मित्रराष्ट्रहरू दाताहरू तथा सम्बद्ध निकायसँग भेट गर्नुभएको उहाँका प्रेस सल्लाहकार रामचन्द्र दुलालले जानकारी दिनुभयो । बजेटका कारण उहाँले महासभा नसकिँदै स्वदेश फर्कनुभएको हो ।

मन्त्री बस्नेतसँगै मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा विकास देवकोटासहित ६ जनाको समूह जेनेभा गएको थियो । मन्त्री बस्नेत स्वदेश फर्के पनि मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा देवकोटाको टोली महासभामा सहभागी रहेको छ ।

महासभाले डब्लुएचओको नीति निर्धारण गर्ने, वित्तीय नीतिको सुपरिवेक्षण गर्ने र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्नेछ । महासभा यही जेठ ७ देखि १६ गते (मे २१ देखि ३० गते)सम्म हुनेछ ।

 

संबन्धित शिर्षकहरु

आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा ३२औँ र ल्हाक्पा शेर्पा ११औँ पटक सगरमाथा शिखरमा

ट्रम्पको चेतावनीका बाबजुद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा