पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा

काठमाडौं, १३ जेठ :

पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभावले हाल बदली र वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा अपराह्नतिर हल्का वर्षाको सम्भावना छ । प्री–मनसुन जारी रहेको र स्थानीय वायुका साथै पश्चिम न्यून चापीय प्रणालीको प्रभावले वर्षा भइरहेको मौसमविद् लामिछाने बताउनुहुन्छ ।
आज विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य र अन्य भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ । राति पनि सोही किसिमको मौसमी प्रणाली कायम रहनेछ । तराई क्षेत्रमा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । (रासस)

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी