‘ए’ डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै

काठमाडौं, २१ जेठ :

शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आइतबार २४ औं चरणका चार खेल हुँदैछन् ।

आइतबार दशरथ रंगशालामा दुई खेल हुनेछ भने सातदोबाटो र च्यासल मैदानमा एक एक खेल हुनेछन् ।

दिउँसो ३ बजे च्यासल मैदानमा हुने खेलमा मच्छिन्द्र क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । यो खेल जित्दै मच्छिन्द्र तालिकाको शिर्ष स्थानमा रहेको चर्च ब्वाइजसँग अंक दुरी घटाउन चाहन्छ । लिगमा २४ खेलबाट चर्च ब्वाइजको ४४ अंक छ । एक खेल कम खेलेको मच्छिन्द्रको ३९ अंक छ ।

सातदोबाटो मैदानमा एफ।सी खुमलटार र संकटा क्लब भिड्नेछन् । दशरथ रंगशालमा दिउँसो ३ बजे न्युरोड टिमले हिमालयन शेर्पाको सामना गर्दा साँझ ६ बजे मनाङ मस्र्याग्दी क्लबले फ्रेण्ड्स क्लबसँग खेल्नेछ ।

 

संबन्धित शिर्षकहरु

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

आज पनि सुनचाँदीको भाउ घट्यो