रूसी रेडियो स्टेशनहरू ह्याक, राष्ट्रपति पुटिनको नक्कली सन्देश बज्यो

मस्को, २२ जेठ :

रुसका थुप्रै रेडियो स्टेशनहरू ह्याक गरिएका छन् । रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइएको छ ।
ह्याकिङ दक्षिणपश्चिमी बेल्गोरोड क्षेत्रमा गरिएको घुसपैठ प्रयास र तीव्र गोलाबारीको बीचमा भएको छ । कीभले यस्ता गतिविधिहरूले लामो(अपेक्षित प्रतिआक्रामक तयारी गरिरहेको बुझिएको जनाएको छ ।
नक्कली सन्देश अझै पनि विभिन्न सामाजिक सञ्जालमा प्रसारित भईरहेको छ ।
रुसी राष्ट्रपति पुटिनको आवाजसँग मिल्दोजुल्दो उक्त आवाजले ती क्षेत्रहरूमा मार्शल ल, सामान्य परिचालन र नागरिकहरूलाई खाली गर्ने घोषणा गरेको छ ।
यो वास्तवमै ह्याक थियो, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई सरकारी एजेन्सी आरआईए नोवोस्तीले भन्नु भएको छ । बेल्गोरोड क्षेत्रीय प्रशासनिक केन्द्रले सन्देश नक्कली भएको बताएको छ जसको उद्देश्य ूशान्तिपूर्ण बेलगोरोडका बासिन्दाहरूमा त्रास छर्नू केन्द्रित रहेको बुझिएको छ ।
एमआरआइ रेडियो स्टेशनले ह्याकिंगलाई ूपूर्ण नक्कली र उत्तेजकू भनेको छ जुन करिब ४० मिनेटसम्म प्रसारित भएको थियो । (रासस-एएफपी)

संबन्धित शिर्षकहरु

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरुलाई ट्रम्पको निर्देशन

भारतमा अत्यधिक गर्मीका कारण १६ जनाको ज्यान गयो, तापक्रम ४६ डिग्रीभन्दा माथि