बाँदरमुढे घटनाको १५ वर्ष पुरा

चितवन, २३ जेठ

चितवनको दक्षिण माडी बाँदरमुढे मा तत्कालीन माओवादीले यात्रु बसमा गराएको विष्फोटको घटना भएको १५ बर्ष पुगेको छ । तर यात्रुबाहक बसमा गरेको बम विस्फोटमा परी घाइते भएकाहरुले अझैसम्म उचित न्याय पाउन सकेका छैनन् ।

बाँदरमुढे घटना पीडित सङ्घर्ष समितिले पटक(पटक न्यायका लागि पहल गरेपनि प्रतिबद्धता अनुसारको काम नभएको गुनासो पीडितहरुले गर्दै आइरहेका छन् । घटना भएको जेठ २३ गते १५ बर्ष पूरा भएपनि न्याय दिन आलटाल भइरहेको भन्दै पीडितले उचित न्याय दिनेतर्फ सबै गम्भीर हुनुपर्ने बताएका छन् ।

तत्कालीन माओवादीका नेतृत्व पुष्पकमल दाहाल अहिले सो क्षेत्रको सांसद समेत रहेका छन् । संसदीय निर्वाचनका क्रममा दाहालले २०७४ मंसिर १७ गते माडीमै पुगेर पीडित पक्षसंग गरेका सहमती अझै लागु हुन सकेको छैन । मृतकका आश्रृत परिवारलाई काम गर्न सक्नेलाई रोजगार, काम गर्न नसक्नेलाई जीवनवृती र बालबालिकालाई पढाइ दिने सहमती भएको थियो ।

विसं २०६२ जेठ २३ गते बाँदरमुढे घटनामा परी ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए । अयोध्यापुरीबाट यात्रु लिएर नारायणगढ आउँदै गरेको ना२ख ३२४५ नंको बसमा माओवादीले बम विस्फोट गराएका थिए ।

 

संबन्धित शिर्षकहरु

क्यानडामा मानिसको भीडमा कार जोतिँदा धेरै जनाको ज्यान गयाे : प्रहरी

राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आउँदो बुधवारदेखि

जम्मू–कश्मीरको भारत–पाकिस्तान नियन्त्रण रेखा वरपर गोलाबारी