लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा वर्षा : दिउँसोपख एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं, १० असार : अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । गएराति ठूलो पानी परेको अछाम, गुल्मीलगायतका क्षेत्रमा सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । त्यस्तै गण्डकीका पनि थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज काठमाण्डौ उपत्यकासहित, कोशी र मधेस प्रदेशमा मौसम आंशिक बदली हुने अनुमान छ । आज देशभरकै मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै आज दिउँसोपख कतैकतै मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ ।

एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना पनि रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।

संबन्धित शिर्षकहरु

प्रतिनिधि सभाको बैठक आज बस्दै: (सम्भावित-कार्यसूचीसहित)

सुनचाँदीको भाउ आज पनि घट्यो

आज काठमाण्डौ उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम