कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं,११ असार : आज कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । देशभर मनसुनी प्रभावका कारण बदली तथा वर्षाको सम्भावना भए पनि चार वटा प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।

यस्तै, आज मधेस प्रदेशका सबैजसो ठाउँ र बाँकी तराई मधेसका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना रहेको झाले बताउनुभयो । आज राति पनि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली छ । सुदूरपश्चिमका धेरैजसो भूभाग र कर्णाली, गण्डकी तथा कोशी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ । आज दिउँसोपछि काठमाण्डौ उपत्यकामा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद् झाले बताउनुभयो ।

वर्षाका कारण बाढी, पहिरो तथा चट्याङको जोखिम रहेकोले सावधानी अपनाउन मौसम पूर्वानुमान् महाशाखाले अनुरोध गरेको छ ।

संबन्धित शिर्षकहरु

आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा ३२औँ र ल्हाक्पा शेर्पा ११औँ पटक सगरमाथा शिखरमा

ट्रम्पको चेतावनीका बाबजुद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा