साफ च्याम्पियनसिप फुटबलको उपाधिको लागि भारत र कुवेत खेल्ने

काठमाडौं, १७ असार : चौधौँ संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधिको लागि भारत र कुवेत खेल्ने भएका छन् । हिजो बेलुकी भएका सेमिफाइनलमा भारतले लेबनान र कुवेतले बंगलादेशलाई हराउँदै उपाधि भेट पक्का गरेका हुन् ।

बेंग्लोरको कान्तिरभा मैदानमा भारत र लेबनानबीचको खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा पनि गोल हुन नसकेपछि पेनाल्टी भएको थियो । पेनाल्टीमा भारत ४–२ गोलले विजयी हुँदै उपाधि नजिकै पुगेको हो ।

यसअघि भएको खेलमा कुवेतले बंगलादेशलाई हराउँदै फाइनलमा पुगेको थियो । फाइनल खेल पर्सि मंगलवार हुनेछ । साफका चौधौँ संस्करणमध्ये भारतले सर्वाधिक ८ पटक उपाधि जितेको छ । लेबनान र कुवेतले आमन्त्रित टोलीका रुपमा साफ च्याम्पियनसिप खेलेका हुन् ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस