लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाडौं, २० असार : देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका जिल्लामा हावाहुरी चल्ने सम्भावना पनि छ।

गएराति लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको थियो । ठूलो वर्षाका कारण पाल्पाको बल्ढेङगढीमा बाढीको जोखिम बढेको छ । बल्ढेङगढी आसपासका खोलामा बाढी आउने खतरा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस क्षेत्रको नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । आज राति पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो वर्षाको अनुमान रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलका अनुसार आज दिनभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने छ । भोलि पनि मौसम यस्तै रहने अनुमान छ ।

पर्सिदेखि भने मौसम खुल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी