आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्ने, वर्षको सबैभन्दा लामो दिन

काठमाडौं, २१ असार  : आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्ने र वर्षको सबैभन्दा लामो दिन हुने भएको छ । पृथ्वी र सूर्यबीचको दूरी झण्डै १५ करोड किलोमिटर छ ।

बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका अनुसार आज पृथ्वी र सूर्यबीचको दूरी झण्डै १५ करोड २० लाख किलोमिटर रहनेछ । पृथ्वी सूर्यभन्दा टाढा पुग्ने क्रियालाई सूर्यदुरुस्थ भनिन्छ ।

पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने समितिले जनाएको छ । पृथ्वी सूर्यको टाढा पुग्दा पृथ्वीको घुम्ने गति कम हुन्छ, यसले गर्दा दिन लामो हुने समितिका निमित्त कार्यकारी निर्देशक डा.सनतकुमार शर्माले बताउनुभयो ।

सूर्यको नजिक पुग्दा पृथ्वीको घुम्ने गति छिटो हुन्छ । आज उत्तरी ध्रुवमा सबैभन्दा धेरै गर्मी हुने सम्भावना रहेको पनि उहाँले बताउनुभयो । सामान्यतया जुन २१ तारिखलाई वर्षको लामो दिन र डिसेम्बर २१ तारिखलाई वर्षको सबैभन्दा छोटो दिन मानिन्छ ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी