२२ असार २०८०, शुक्रवार : साउन कृष्ण पञ्चमी पञ्चाङ्ग: आयुष्मान कौलव शतभिषा
आजको राशिफल
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
अरुलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले कार्य सम्पन्न हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लामो यात्रा सुखद् र सफल रहनेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
मन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । शेयर बजारमा पनि उतारचढाव आउन सक्छ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेमीको सहयोग प्राप्त हुनेछ । छोटो यात्रा पनि होला ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
आज मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । महिला वर्गबाट सहयोग पनि मिल्नेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य बिस्तारै पुरा होला । आज मातापिता र वरिष्ठ व्यक्तित्वको आशीर्वाद मिल्नेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
आज प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ । बोलीको भरमा कार्य सहजै सम्पादन हुनेछ । अर्थपूर्ण सुखद् यात्रा पनि हुनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आज श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार पनि सुन्न पाइएला ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । अधुरो काम बन्नेछ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक भइनेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
समय मध्यम खालको छ । आम्दानीको तुलनामा खर्च बढ्नेछ, तर घर परिवारका सदस्यहरूसँग सम्बन्ध सकारात्मक हुनेछन् । सामाजिक प्रसिद्धि प्राप्त हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल