मनसुन सक्रिय हुँदै, भोलिदेखि पानी पर्ने क्रम बढ्ने

काठमाडौं, २४ असार :  आज चार प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा र राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।

यस्तै, भोलिदेखि पानी पर्ने क्रम झन् बढ्ने अनुमान गरिएको छ । मनसुन सक्रिय हुने सङ्केत देखिएकाले भोलिदेखि केही दिन देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद् महर्जनले बताउनुभयो । पछिल्लो दुई तीन दिनयता देशका धेरै ठाउँमा पानी कम परेको छ । पानी परिहाले पनि लगातारजसो झरी परेको छैन ।

तर, भोलिदेखि भने मनसुन फेरि सक्रिय हुने भएकाले धेरै ठाउँमा मुसलधारे वर्षाको अनुमान गरिएको मौसमविद्ले बताएका छन् ।

संबन्धित शिर्षकहरु

हाइटीमा आपराधिक गिरोहकाे आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४७ पुग्यो

प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरुलाई जवाफ दिदै

मधेशमा आज मुस्लिम धर्मालम्बीका लागि बिदा दिने सरकारकाे निर्णय